गोस्तेका बाढी पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजको राहत
पाेखरा | असार २५, २०८१
पोखरा: अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले प्रभावित पोखरा महानगरपालिका–१४, गोस्तेका पीडितलाई रोल्पा पोखरा सम्पर्क समाजले सोमबार राहत वितरण गरेको छ । नदीको बहाव बढ्दा असार २२ गते गोस्ते सेती किनारमा रहेका करिब ४० घर प्रभावित भएका थिए ।
बाढीले १५ घर परिवार विस्थापित भएको र त्यसमध्ये अतिप्रभावित र विपन्न वर्गका ८ घर परिवारलाई राहत वितरण गरिएको समाजका पूर्वअध्यक्ष सुन्दर बुढामगरले जानकारी दिए । उनका अनुसार बाढी पीडितलाई चामल, दाल, तेल, नुनलगायत सहयोग गरिएको हो ।
‘नदी किनारमा रहेका घरहरु निकै जोखिममा थिए । २२ गतेको बाढीले कतिपयको घर पूर्ण रुपमा बगाएको रहेछ । हामी समाजका सदस्यहरु मिलेर उहाँहरुलाई राहत वितरण गरेका छौं,’ बुढामगरले भने । असार १९ गतेदेखि परेको भारी वर्षाले कास्की, पोखरालगायत देशैभरि मानवीय तथा भौतिक क्षति पु¥याएको थियो ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

